Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिक आइटम डा.रसेल इम्पोर्ट गर्ने कम्पनीमा छापा, अनुसन्धान नै नगरी सहमतिको प्रपञ्च 

राजस्व अनुसन्धान विभागद्वारा कस्मेटिक आइटम डा.रसेल इम्पोर्ट गर्ने कम्पनीमा छापा, अनुसन्धान नै नगरी सहमतिको प्रपञ्च 

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले केही दिन अगाडि कस्टमेटिक आइटम डा.रसेल आयात र बिक्री वितरण गर्ने कम्पनीमा छापा मा¥यो । विभागले पसल र केही गोदाम समेत सिल ग¥यो । छापा मारेर पसल र गोदाम सिल गरेर केही दिनमा विभागले सिल खोल्यो र कारोबार नियमति गर्न अनुमति दियो ।

    कस्मेटिक बजारको हब भनेर चिनिने मखनस्थित अरुण अग्रवालले सञ्चालन गरेको फेस केयर नामक पसल र उसको गोदाममा विभागले छापा मारेको थियो । तर, विभागले उक्त फर्मका सञ्चालक र डा.रसेलका उत्पादन तथा राजस्व चुहावटको गहिरो अनुसन्धान नै नगरी प्रभावमा उक्त कम्पनीलाई उन्मुक्ति दिएको ÷ दिन खोजेको स्रोतले जनाएको छ । डा.रसेलका कस्मेटिक आइटमहरूमा भिटामिन सीआधारित विभिन्न फेस क्रिम, हेयर क्रिम, स्क्रिन केयरलगायत डेढ सय बढी उत्पादनहरू बिक्री वितरणमा रहेको पाइन्छ । देखावटीरूपमा अरुण अग्रवाल डा. रसेलका अधिकृत बिक्रेता हुन् । तर अरुणसँगै उनका अरु दुई जना पार्टनरहरू पर्दा पछाडि रहेको बताइएको छ । मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने छाला रोग तथा अन्य विभिन्न भ्रम दिएर डा. रसेलका उत्पादनहरू नेपालभर बिक्री वितरण गरिएको छ । विभिन्न अनलाइन सपिङ पोर्टल तथा प्रत्यक्षरूपमा  समेत डा. रसेलका उत्पादनहरू अरुण अग्रवालले बिक्री वितरण गर्दै आएका छन् ।

    मखनमा  पसल र अफिस रहेको डा. रसेलको शो रुम भने याट्खामा पनि रहेको बताइएको छ । काठमाडौंका विभिन्न ठाउँमा गोदामहरू रहेको बताइए पनि राजस्व अनुसन्धान विभागले त्यसको पत्तै पाएन् । झन् पार्टनरहरूका विषयमा त विभागले आँखा चिम्लियो । विगत लामो समयदेखि ठुलो मात्रामा राजस्व र भन्सार छली गर्दै आएको अरुण अग्रवाल एन्ड कम्पनीले छोटो समयमा अकूत सम्पति कमाएको जानकारहरू बताउँछन् । समाचार स्रोतका अनुसार डा.रसेल आयात गर्ने अरुण अग्रवाल एन्ड कम्पनीले म्याद गुज्रेका सामानहरू रिडेट गरी बिक्री वितरण गर्ने गरेको बताइएको छ ।उनको पसल तथा गोदाममा म्याद गुज्रेका सामानहरू पाइएको स्रोतले बताएको छ ।

     राजस्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान गर्दा कम्पनीले कति राजस्व छलेको छ , उसका उत्पादनहरू सम्बन्धित ठाउँबाट अनुमति लिएर बिक्री वितरण गरिएको छ कि छैन् , भन्सार ÷ राजस्व र भ्याटको अवस्था कस्तो छ , सबै अनुसन्धान गर्नुपर्नेमा  त्यसो नगरी  राजस्व अनुसन्धान विभागले उन्मुक्ति दिने गरेको यससँगै कैयौँ उदाहरणहरू छन् । यससम्बन्धमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको बताएको छ भने फेस केयरका मालिक अरुण अग्रवाल सम्पर्कमा आउन चाहेनन् । कस्मेटिक व्यवसाय संघका एक सदस्यले  यो विषय राजस्व अनुसन्धान विभागका महानिर्देशकसमेतसँग कुराकानी गरेर सहमति भइसककेको बताउँदै  समाचारको कुनै औचित्य नहुने बताए । डा. रसेल चीनमा उत्पादन गरेर अरुण अग्रवाललगायतले नेपाल आयात गर्ने गर्छन् । डा.रसेलको ब्रान्ड भारतमा समेत दर्ता छ । डा. रसेल दुबई लगायतका देशमा चर्चित नाम हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij