
काठमाडौँ । आन्तरिक राजस्वको टोलीले काठमाडौंको भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा राजस्व छलीको आशंकामा छापा मारेको छ । आन्तरिक राजस्व कार्यालय न्युरोडले म्याक्समा बुधबार छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार म्याक्स लाइटिङ इन्टरप्राइजेजले कर छली गरेको उजुरी परेको र आन्तरिक छानबिनमा कैफियत पाइएपछि करदाताको फर्ममै गएर कागजात नियन्त्रणमा लिइएको हो । भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजको कार्यालयमा छापा मारी कागजात र खाता नियन्त्रणमा लिएको हो ।
विगत ३ वर्षको खरिद तथा बिक्री खाताको बिल तथा तिनका प्रतिलिपि लगायतका कागजात नियन्त्रणमा लिएको जनाइएको हो ।म्याक्सले खरिद तथा बिक्रीको वास्तविक विवरण नराखी कर छली गर्ने उद्देश्यले नक्कली बिल बनाएको हुनसक्ने भन्दै अनुसन्धान सुरु भएको हो । म्याक्सलाई आफ्नो प्रमाण लिएर आउन आन्तरिक राजस्व कार्यालयले बिहीबारको समय दिई कार्यालयमा उपस्थित हुन भनेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij