काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १५० रुपैयाँमा उक्त शेयर विक्रीमा ल्याएको हो ।
यस शेयर खरीदका लागि हाल कम्पनीका विद्यमान शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति ९फागुन १३ गते० ले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखालरोड, डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।