Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न ३० करोड अमेरिकी डलर विनियोजन


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 720
    Shares

  • अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न ३० करोड अमेरिकी डलर विनियोजन

    काबुल । युद्धग्रस्त अफगानिस्तानमा कृषि क्षेत्रको विकास गर्न कुल २.२ अर्ब अफगानी (करिब ३० करोड अमेरिकी डलर) विनियोजन गरिएको छ । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले यसबारे जनाएको छ ।कृषि, सिँचाइ तथा पशुपक्षी कार्यवाहक मन्त्री मौलवी अत्तउल्लाह ओमारीको अध्यक्षतामा बसेको बैठकले गरिब मुलुकमा कृषिको विकास गर्ने प्रयासस्वरुप उक्त निर्णय गरेको बताइएको छ ।देशमा कृषि उत्पादनको प्रवद्र्धनका लागि किसान, पशुपालन र कृषि व्यवसायलाई सहयोग गर्ने सरकारी स्वामित्वको वित्तीय संस्था कृषि विकास कोष ९एडीएफ० को नवौं अधिवेशनले यस्तो निर्णय गरेको हो ।सहायता एजेन्सीहरुका अनुसार अफगानिस्तानमा करिब १ करोड ६० लाख मानिसहरु खाद्य असुरक्षाको सामना गरिरहेका छन् । अफगानिस्तानलाई वार्षिक ६.५ मिलियन टन गहुँ आवश्यक पर्ने र यस वर्ष अहिलेसम्म ५० लाख टन गहुँको उत्पादन भएको बताइएको छ ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस