Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

बुर्किनाको चर्चमा आक्रमणकारीहरूद्वारा १५ उपासकको हत्या

बुर्किनाको चर्चमा आक्रमणकारीहरूद्वारा १५ उपासकको हत्या

  •  

    औगादुगु ।उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन् । 

     

    डोरी सुबाका पादरी जिन–पियरे सवाडोगोेले विज्ञप्तिमा भन्नुभयो, “फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ ।” उहाँले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिनुभयो । 

     

    बुर्किना फासोमा शान्ति र सुरक्षाका लागि आह्वान गर्दै सावाडोगाले ‘हाम्रो मुलुकमा मृत्यु र आतङ्क मच्चाउने मानिसहरूको निन्दा’ गर्नुभयो । हमला भएको एस्साकेन गाउँ मुलुकको उत्तरपूर्वी बुर्किना फासो, माली र नाइजरको साझा सीमा नजिकै ‘तीन सीमा’ क्षेत्रका रूपमा चिनिन्छ । 

     

    यो आक्रमण यस क्षेत्रमा सक्रिय जिहादी समूहहरूमाथि अत्याचारको शृङ्खलामा पछिल्लो हो । आक्रमणमा केहीले ईसाई चर्चहरूलाई निशाना बनाएका छन् भने पादरीको समेत अपहरण गर्ने गरेका छन् । 

     

    बुर्किना फासो विशाल साहेल क्षेत्रको हिस्सा हो । यसलाई सन् २०११ मा लिबियाको गुहयुद्धपछि बढ्दो हिंसात्मक उग्रवादविरुद्धको लडाइँमा बन्द गरिएको छ । त्यसपछि सन् २०१२ मा उत्तरी मालीमाथि इस्लामवादीहरूले कब्जा गरेका छन् । 

     

    सन् २०१५ मा बुर्किना फासो र नाइजरमा जिहादी विद्रोह विस्तार भएको हो । सन् २०२२ मा एक वर्षभन्दा पनि कम समयमा मुलुकमा दोस्रो सत्ता विद्रोहका रूपमा क्याप्टेन इब्राहिम ट्रोरेले सत्ता कब्जा गर्नुभएको थियो । दुवै सत्ता विद्रोह जिहादी हिंसालाई रोक्न सरकारको असफलतामाथि असन्तोषका कारण उत्पन्न भएको थियो । उक्त हिंसामा बुर्किना फासोमा कम्तीमा २० हजार मानिस मारिएका थिए भने २० लाखभन्दा बढी विस्थापित भएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij