Logo

May 15 2024 | २०८१, जेठ २गते

images

कला/संस्कृति र समाजसेवामा सक्रिय एनआरएनए उपमहासचिव प्रवीण गुरुङको व्यवसायिक छलाङ  


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 2.8k
    Shares

  • कला/संस्कृति र समाजसेवामा सक्रिय एनआरएनए उपमहासचिव प्रवीण गुरुङको व्यवसायिक छलाङ  

    काठमाडौं । कुनै बेला भारतीय सेनामा सेवा दिएका एनआरएनए उपमहासचिव प्रवीण गुरुङ नेपालीहरूलाई रोजगारी  र विश्व माझ कला साहित्य संस्कृतिलाई चिनारी दिलाउने अभियानका अभियन्ता बनिरहेका छन् ।भारतीय सेनामा वर्षौको सेवा पछि आफै रोजगारदाता बन्ने हुटहुटी लिएर व्यवसाय क्षेत्रमा प्रवेश गरेका प्रवीण गुरुङले मध्यपूर्व क्षेत्रबाट एनआरएनएको नेतृत्वमा निरन्तर अगाडि बढ्दै सामाजिक दायित्वलाई पूरा गर्न एक पछि अर्को सफलता प्राप्त गरेका हुन् । गजमान  र गोपीमाया गुरुङका एक्ला छोराको रूपमा २०३५ सालमा चितवनको राईगन्जमा जन्मिएका  प्रवीण गुरुङले  भारतीय सेनामा  साढे सात वर्ष बिताएर सन्२००४मा कतार पुगेका थिए ।

    images

    pravin gurung 3.jpgनेपालीहरूको रोजगारदाता बन्ने मनभित्रको हुटहुटीले सही मार्गचित्र बनाउन खोजेको थियो । त्यसपछि उनी कतार पुगेर अमेरिकी सैनिक क्याम्पको सुरक्षा गार्डको रुपमा काम गरे । त्यहाँ उनले ६ वर्ष जति काम गरे । कतारको जागिरबाट जोगाएको रकमबाट मनभित्र रहेको व्यवसायको हुटहुटी पूरा गर्न व्यवसाय सुरु गरे ।कतारमा  समसरा थकाली भान्छाघरबाट व्यवसाय सुरु गरेका गुरुङलाई सफलताले साथ दियो । व्यवसायमा राम्रो आम्दानी पाएपछि उनले जागिर छोडेर रियलइस्टेट, कन्स्ट्रक्सन, हस्पिटालिटी, कन्सल्ट्यान्सीलगायतको व्यवसायमा एकपछि अर्को गरी हात हाल्दै गए ।

    आफ्ना व्यवसायमा नेपालीहरूलाई रोजगारी दिँदै गएका प्रवीण गुरुङले कला साहित्य संस्कृतिको जगेर्ना गर्नुपर्ने सपनालाई पनि साकार पार्न बुनेका योजनाको कार्यान्वयन गर्न सुरु गरे । नेपालदेखि कतारसम्म विभिन्न सांस्कृतिक कार्यक्रममा ठुलो लगानी लगाइसकेका छन् ।सन २०१७ मा नेपाल आइडल सिजन फस्टको ग्रान्ड फिनाले कतारमा सम्पन्न गराउने सफल युवा व्यसायी गुरुङ नै हुन् । कला साहित्य संस्कृतिको चिनारी विश्व माझ गराउन परिकल्पनामा चिन्तनशील गुरुङले सन २०१८ को डिसेम्बरमा फेरि द भ्वोइस अफ नेपालको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा गर्न लगाए । दुवै रियालिटी शो का ग्रान्ड फिनाले कतारमा सम्पन्न गर्ने परिकल्पनाकार गुरुङ नै हुन् ।

    pravin gurung 4.jpgनेपालबाट बुगीउगी डान्स रियालिटी शोका टप चार र नेपाल आइडल सिजन दुईका टप चार प्रतियोगी कलाकार ल्याएर सन् २०१९ मा नेपाल आइडल र बुगीउगी इद फेस्टिभल पनि सफलतासाथ गुरुङले सम्पन्न गरे ।  एनआरएनए मध्यपूर्व संयोजकको जिम्मेवारीमा रहेका बेला  मध्यपूर्व क्षेत्रीय युवा विभागले ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन – २०२१ लगायतका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको थियो । ती आयोजनाहरू पनि गुरुङकै परिकल्पानाको परिणति थिए । २ फेब्रुअरी  २०२४ मा ग्रान्ड फिनाले भएको  गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’मा उनले उद्घाटन गर्नुका साथै ग्रान्ड फिनालेको अतिथि निर्णायकको भूमिका पूरा गरेका थिए । 

    व्यवसायी प्रवीण गुरुङले  डिजिटल प्लेटफार्मको माध्यमबाट उदीयमान कलाकारहरूका लागि सन् २०२२ मा टिकटक अवार्ड समेत सम्पन्न गराएका थिए । यस्ता कार्यक्रममा उनको प्रत्यक्ष संलग्नता र लगानीले कला संस्कृतिको प्रवद्र्धनमा उनको रुचिलाई दर्शाउँछ ।भीआइपी स्टार एन्ड बार समेत सञ्चालन गरिसकेका उनले एसियाना दोहोरी तथा गजल बारमा दर्जन बढी नेपाली  कलाकारलाई प्रत्यक्ष रोजगारी दिएका छन् । 

    आफनी जीवन सङ्गिनी सरिता गुरुङको दाम्पत्य जीवनबाट दुई सन्तानका पिता प्रवीण गुरुङ  २०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७ –१९ मा एनआरएनए मध्यपूर्व उप संयोजक,२०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवका हैसियतमा एनआरएनएको जिम्मेवारी पूरा गरिसकेका गुरुङ हाल २०२३–२५सम्म उपमहासचिवको जिम्मेवारीमा छन्।विदेशमा व्यवसाय विस्तार गरिरहेका गुरुङ नेपालीहरूलाई माया गर्न बिर्सेका छैनन्।

    pravin gurung.jpg

    महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्ण गर्न पछि नपरेका गुरुङले बारा पर्सामा हावाहुरी, बाढीपहिरोमा परेकाहरूको दुखमा मलम लगाउन स्थलगतरुपमा आफै गई  ६ सय घरधुरीलाई राहत वितरण गरेका थिए । मध्यपूर्वको उपसंयोजकको जिम्मेवारीमा रहँदा कोभिड महामारीका बेला ओमनबाट  ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका उनले निर्वाह गरेका थिए ।

    एनआरएनएको ध्वज लिएर आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रतिनिधित्व गरी उनले संघको नाममा विभिन्न पदक बटुल्न सफलता पाएका थिए । 
    एकीकृत एनआरएनएको अभियानका अभियन्ता गुरुङ  विभिन्न क्षेत्रका सम्मान अवार्डबाट सम्मानित भइसकेका छन् । सन २०२२ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न चौथो सन्देश ईन्टरनेशनल सोसल अर्वाड कार्यक्रममा सम्मानित भएका गुरुङलाई क्रियटिभ मिडिया एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले सो विधामा सम्मान गरेको हो । चलचित्र विकास बोर्डले नेपाल फिल्म महोत्सव यूएईको कार्यक्रममा गुरुङलाई सम्मान गरेको थियो ।

    फेडेरेसन अफ ईन्टरनेशनल नेपाली यूथ इन्टरप्रेनरसिप(फिन्या)द्वारा यल्लो पगोडा होटेलमा आयोजित  बृहत् अन्तरक्रिया कार्यक्रममा गुरुङलाई फिन्या वेस्ट सोसल इन्टरप्रेनरसिप अवार्ड २०२३  बाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री एनपी साउद र फिन्याका अध्यक्ष स्वतन्त्र प्रताप शाहद्वारा  संयुक्तरूपमा गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृष्ट कार्य गरेको र देश विकासको लागि ठुलो योगदान गरेकोमा सो  सम्मानबाट सम्मानित गरिएको थियो ।

    pravin gurung1.jpgयसैगरी कतारमा सम्पन्न भएको स्टार इन्टरनेशनल अवार्ड २०१९मा बिजनेस अवार्ड २०१९ बाट सम्मानित भएका गुरुङ थुप्रै सामाजिक, वैचारिक तथा जातीय संस्थाबाट सम्मानित भएका छन् । उनलाई गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४ मा समेत सम्मानित गरिएको थियो ।उपमहासचिव गुरुङ मानवीय संवेदनालाई गहिरो गरी बुझेका छन् । कुबेतमा अवैधरूपमा फस्न पुगेका असी जना गर्भवती महिला बालबालिका समेतको उद्धार गर्न अग्रसरता लिएका थिए । उनले यो काम त्यहाँको सरकार र नेपाल एम्बसीको सहयोग र समन्वयनमा पूरा गरेका थिए । उनले त्यसैगरी दुबईमा फसेका महिलाहरूको उद्धार गरेका थिए ।नेतृत्वमा पुग्नु मात्र उनको काम नभएर सो अनुसारको जिम्मेवारी पूरा गर्नु उनको बुझाइलाई यसले दर्शाउँछ ।

    उनले सञ्चालन गरेका  व्यवसायहरूमा हजारौँले रोजगार पाउनु उनको रोजगार दाता बन्ने विशाल सपना पूरा हुने बाटोमा गइरहेको बुझिन्छ । गुरुङले कतारबाट सुरु गरेको व्यवसाय छिट्टै मध्यपूर्वका अन्य देशहरूमा पनि विस्तार गर्ने योजना बनाएका छन् । गुरुङले मध्यपूर्वका देशहरूसँगै मलेसियामा समेत व्यवसाय विस्तार गर्दै छन् । क्वालालम्पुरको होटल ग्रान्ड कन्टिनेन्टलमा एसियाना लोकदोहरी तथा गजल रेस्टरन्ट छिट्टै सञ्चालन गर्दै छन् । 

    प्रतिक्रिया दिनुहोस