Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सिलिन्डर पड्किँदा एकको मृत्यु अन्य पाँच घाइतेको उपचार हुँदै


नया सडक

२०८०, फागुन १४ सोमबार

  • 750
    Shares

  • सिलिन्डर पड्किँदा एकको मृत्यु अन्य पाँच घाइतेको उपचार हुँदै

    काठमाडौं । बारा जिल्लाको निजगढ नगरपालिका–७  निजगढ बजारस्थित रोहित वर्क्सपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु र  ५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेको जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेले  जानकारी सार्वजनिक गरेका हुन् ।  

    वीरञ्जस्थित  बयोधा अस्प्तालमा उपचारको क्रममा सिलिन्डर पडकिएर घाइते भएका मगरको मृत्यु भएको हो ।घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन साह छन् ।

    घाइते अन्यको बयोधा अस्प्तालमा उपचार भइरहेको छ । सोमबार मध्याह्न १२ बजे रोहित वर्क्सप लेथमा ग्यास बेल्डिङ गरिरहेका बेला सिलिण्डर पड्किएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस