Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

नकली नोटसहित सर्लाही हरिवनमा पक्राउ परेका दुई जनालाई जेल चलान गर्न आदेश


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 909
    Shares

  • नकली नोटसहित सर्लाही हरिवनमा पक्राउ परेका दुई जनालाई जेल चलान  गर्न आदेश

    काठमाडौं । सर्लाहीमा नकली नोटसहित पक्राउ परेका दुई जनालाई जेल चलान गरिएको छ । २३ वर्षीय अमरेन्द्र महरा र  ३६ वर्षीय सञ्जय सहनीलाई सर्लाही जिल्ला अदालतले जेल चलान गर्न आदेश दिएको हो ।

    गत माघ १८ गते उनीहरू दुवै जनालाई  सर्लाहीको हरिवनबाट १ लाख ७२ हजार नकली नोटसहित पक्राउ गरिएको थियो ।प्रहरीले उनीहरूलाई प्रदेश  २–०२७ नम्बर र बीआर ३० एसी ८३१८ नम्बरका मोटरसाइकलमा रहेका बेला पक्राउ गरेको थियो ।

    उनीहरूको सम्बन्ध नकली नोट कारोबारीसँग हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।सकली नोट अलि खस्रो र  अंकहरू अलि उठेको जस्तो हुन्छ भने नकली नोट बढी चिप्लो हुन्छ ।

    प्रतिक्रिया दिनुहोस