Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चोरी पैठारी गरी लान खोजिएको लाखौँको मालवस्तु पथलैया पठाइयो


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 948
    Shares

  • चोरी पैठारी गरी लान खोजिएको लाखौँको मालवस्तु पथलैया पठाइयो

    काठमाडौं । चोरी पैठारी गरी लान खोजिएको मालवस्तु प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यलय पथलैया पठाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले समातेको बिल बिजक भन्दा बढी खुद्रा मालबस्तुहरू लोड रहेको मालवाहक मिनीट्रकलाई पथलैया पठाएको हो ।

    प्रहरीको टोलीले फागुन १५ गते राति डेढ बजेतिर वीरगञ्जबाट हेटौडातर्फ लान खोजिएको मिनीट्रकलाई शंका लागि चेक जाँच गर्दा बिल बिजक भन्दा बढीको मालवस्तु फेला परेको थियो ।

    जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली चोक स्थित सडकखण्डमा प्रदेश ०३–००१ख ०३३० नम्बरको मालवाहक मिनीट्रकलाई रोकी चेक जाँच गर्दा त्यसमा बिल बिजक भन्दा बढी मालवस्तु रहेको पाइएको थियो । खुद्रा मालवस्तुका साथै त्यसमा औषधिहरू पनि लोड गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले त्यो मालवस्तुको अन्दाजी मूल्यांकन सोह्र लाख चौहत्तर हजार चार सय पाँच रुपैया  बराबर गरी थप अनुसन्धानका लागि पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाएको हो ।

    यसैगरी पर्सा प्रहरीले फागुन १४ गते चोरी प्रठारी गर्न खोजिएका १८ लाख बढीको मालवस्तु पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय थप अनुसन्धानका लागि पठाएको थियो।

    प्रतिक्रिया दिनुहोस