Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग

पुनर्निर्माण कोषमा नेशनल लाइफले एक करोड र एनएलजी इन्स्योरेन्सले २५ लाख सहयोग

  • काठमाडौँ ।गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रू २५ लाख सहयोग गरेका छन् ।

    आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गर्नुभयो । 

     दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो । 

    कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा रु सात करोड एकाउन्न लाख साठी हजार ४३९ सङ्कलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij