Logo

May 15 2024 | २०८१, जेठ २गते

images

सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास मूला नाराका साथ दुई दिने साकोस समिट सुरु


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 444
    Shares

  • सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास मूला नाराका साथ दुई दिने साकोस समिट सुरु

    काठमाडौं । बागमती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा बुधबारबाट भक्तपुरमा दुई दिने बागमती प्रदेश साकोस समिट सुरु भएको छ । सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ मूल नाराका साथ साकोस समिट सुरु भएको हो।

    images

    साकोस समिटको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानको सुदृढीकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जना भएको  भन्दै उनले यसलाई समाधान गर्न सबैको जोडबल  आवश्यक भएको बताए ।

    अहिले सहकारीमा नियामक निकायको भूमिका पनि शंकास्पद देखिएको भन्दै उनले  सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्याएको उनले जनाए ।उनका अनुसार सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेका छन् । कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनपर्छ उनको सुझाउ छ ।

    सोही कार्यक्रममा  राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरूको समाधानमा यस्ता किसिमका समिटले समाधान गर्ने विश्वास जनाए ।कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दीगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशानसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघको नेतृत्वले अगुवाइ गर्ने उनले जनाए ।सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

    कार्यक्रममा बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै मिलेर सहकारीको वर्तमान भ्रम चिर्नु पर्ने आवश्यकता औँल्याए ।  पछिल्लो समय सहकारीमा यथार्थभन्दा पनि बढी समस्याका कुरा मात्रै बाहिर आएको छ ।बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिबद्ध रहेकोे बताए ।

    प्रतिक्रिया दिनुहोस