Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सिन्धुपाल्चोकबाट अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ


नया सडक

२०८०, फागुन १६ बुधबार

  • 798
    Shares

  • सिन्धुपाल्चोकबाट अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ

    काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् । काठमाडौं प्रहरीले गरेको  अनुरोध अनुसार बाइबालाई बाह्रबिसेबाट पक्राउ गरिएको हो ।काठमाडौं प्रहरीको अनुरोधमा बाइबालाई पक्राउ गरिएको  सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी सार्वजनिक गरेका छन् ।

    images

    कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गरिएको छ ।त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय ग¥यो ।

    केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि हातपात गरेको आरोप छ । उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस