Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्ण जन्माष्टमी मनाइँदै

देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्ण जन्माष्टमी मनाइँदै

  • काठमाडौँ।आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

    यस अवसरमा देशभरका कृष्णमन्दिरमा पूजा–आराधना, प्रवचन, भजन–कीर्तनसहित धार्मिक कार्यक्रमहरू आयोजना हुने गरेका छन्। विशेष गरी महिला तथा पुरुषहरूले व्रत बसेर रातभर जाग्राम बस्ने परम्परा छ।

    भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्नुभएको पौराणिक मान्यता छ। कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उपदेश श्रीमद्भागवत गीता आज पनि विश्वकै सबैभन्दा धेरै भाषामा अनुवाद भएको पवित्र ग्रन्थ मानिन्छ।

    बाल्यकालदेखि नै अद्भुत लीला प्रदर्शन गर्नुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको उल्लेख पौराणिक ग्रन्थमा पाइन्छ।

    यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्नेछ। राजधानीको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर लगायतका स्थानमा भक्तजनको ठूलो भीड लाग्नेछ। साथै, काठमाडौँका विभिन्न धार्मिक सङ्घ–संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा पनि आयोजना गरिँदैछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij