Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भन्सार छली गरी ल्याउन खोजिएको लाखौँको सर्जिकल सामानहरुसहित ३ जना प्रहरीको नियन्त्रणमा 


२०८०, फागुन १७ बिहीबार

  • 1.1k
    Shares

  • भन्सार छली  गरी ल्याउन खोजिएको  लाखौँको  सर्जिकल सामानहरुसहित ३ जना प्रहरीको नियन्त्रणमा 

    सिरहा। सिरहामा करिब १७ लाख ९० हजार मुल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरु सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लहान नगरपालिका वडा नं.०४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२-०१-००२ प.८६०२नम्बरको स्कुटी सहित ३ जना लाई नियन्त्रणमा लिएको हो।

    विशेष सुचनाको आधारमा ई.प्र.का.लहान सिरहाबाट खटिएको टोलीले दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र.२-०१-००२ प.८६०२ नं. को स्कुटरलाई रोकी स्कुटर चेकजाँच गर्दा स्कुटरमा लोड गरि ल्याएको २ बोरामा Bipolan Hip prosthesis लेखिएको २० प्याकेट प्रति प्याकेट अन्दाजी मुल्य रु.२०,०००।– (विस हजार)को दरले अं.मुल्य रु.४,००,०००।– (चार लाख), Expent Tibig Jnsrumont set लेखिएको १ सेट अन्दाजी मुल्य रु.४,००,०००।–(चार लाख),Supra Inxthuments लेखिएको १ सेट अन्दाजी मुल्य.रु.४,००,०००।–(चार लाख), विभिन्न साईजको सानो ठुलो स्टिल प्लेट १९५ पिस अन्दाजी मुल्य रु.३,५०,००००।–(तिन लाख पचास हजार),स्टिलको गोलो रड २ पोकामा २५ पिस अन्दाजी मुल्य रु.१,००,०००।–(एक लाख) ,सानो मझौला र मसिनो स्टिलको रड ३ पोका अन्दाजी मुल्य रु.९०,०००।–(नब्बे हजार) र लोड गरेको प्र.२-०१-००२ प.८६०२ नं.को स्कुटरको अन्दाजी मुल्य रु.५०,०००।–(पचास हजार) गरी जम्मा मुल्य रू.१७,९०,०००।–(सत्र लाख नब्बे हजार) मुल्य बराबरको मेडिकल सर्जिकल सम्बन्धी (मानिसको अप्रेशन/ शल्यक्रिया गर्दा प्रयोग गरिने)स्टिल तथा पार्टपुर्जा सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    सामानहरु स्कुटरमा ल्याउदै गरेका सिरहा लहान नगरपालिका वडा नं.१९ बस्ने अं. वर्ष १९ को निरस सदाय , सोही ठाउँ बस्ने अं. वर्ष १९ को राजेश कुमार सदाय र सोही ठाउँ वडा नं.२४ बस्ने अं. वर्ष १९ को अशोक सदाय लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद सामानहरु, स्कुटर र मानिसहरु सहितआबश्यक कार्वाहीको लागि ठाडी भन्सार कार्यालय ठाडी सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस