Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु


नया सडक

२०८०, फागुन १७ बिहीबार

  • 849
    Shares

  • मध्य भारतमा सडक दुर्घटनामा १५ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

    मध्य प्रदेश अन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । 
     
    घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको प्रहरीले जनाएको छ । पीडितहरू सोही गाउँका हुन् र नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।
     
    राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरूले यस दुर्घटनामा मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस