Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर आँखा अस्पतालको  उद्घाटन


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 579
    Shares

  • प्रधानमन्त्री प्रचण्डद्वारा भरतपुर आँखा अस्पतालको  उद्घाटन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच सो आँखा अस्पतालको उद्घाटन गरेका हुन् ।भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन गएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गरेका हुन् ।

    images

    कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको सो अस्पताल भवनको लागत १३ करोड ५० लाख रुपैयाँ छ । सो भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाडौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो । बाँकी काम अस्पताल आफैंले गराएको हो । भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपीडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ ।

    पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष (३ मोडुलर, १ सेप्टिक ओ.टी) र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ भने  कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा पनि छ ।फरक क्षमता भएका मानिसहरुको लागि अपाङ्गमैत्री ¥याम र शौचालयको व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस