Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना


नया सडक

२०८०, फागुन १८ शुक्रबार

  • 558
    Shares

  • लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

    लण्डन । लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

    लण्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो । 

    लण्डन फायर ब्रिगेडका अनुसार पाँच तल्ले भवनको भुइँतलाको आधा भाग उनीहरु आइपुग्दा आगोले जलेको थियो ।

    उहाँले भन्नुभयो, “भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ । दमकल तथा अग्नि नियन्त्रण अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् । 

    “आगलागिलार्ई नजिकैका भवनहरूमा फैलनबाट रोक्न काम भइरहेको छ,” घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भन्नुभयो । 

    पाँच जनालाई भ¥याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो ।

    धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस