Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

बढ्दो भन्सार छली र राजस्व चुहावट अपेक्षित राजस्व संकलन नहुनुको कारण भएको पदाधिकारीहरूको बुझाइ 

बढ्दो भन्सार छली र राजस्व चुहावट अपेक्षित राजस्व संकलन नहुनुको कारण भएको पदाधिकारीहरूको बुझाइ 

  • काठमाडौं । अपेक्षा गरिए अनुसारको राजस्व संकलन नहुनुमा राजस्व चुहावट , छली तथा  चोरी पैठारीमा नियन्त्रण हुन सक्नु कारण रहेको औँल्याइएको छ ।खुला सीमा नाका , अन्तरनिकायहरूबीच समन्वय र सहजीकरणको कमीले चोरी पठैरी र राजस्व चुहावट बेलगाम हुन पुगेको हो ।अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले यस्तै धारणा सार्वजनिक गरेका हुन् ।

    राजस्व सचिव रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा अपेक्षित राजस्व नउठ्नुमा अवैध आयात नियन्त्रण हुन नसक्नु पनि एक भएको जानकारी सार्वजनिक गरेका छन् ।
    खुला सीमा नाकाका कारण चुहावट नियन्त्रणमा कठिनाइ भएकोले अन्तरनिकाय समन्वय र सहजीकरण प्रभावकारी हुन नसकेको उनले बताएका छन् ।अर्थमन्त्री प्रकाशशरण महतले भन्सार नाका आसपासबाट हुने चोरी पैठारीलाई नियन्त्रण गर्नको लागि सरोकारवालाहरूलाई निर्देशन दिँदै हाल भइरहेको आयात स्वाभाविक नभएको बताएका छन्।

    भन्सार विभागको केही तथ्यांकले पनि अवैध आयात बढेको दर्शाएकोले अधिकारीहरूले यस्तो धारणा सार्वजनिक गरेका हुन् । विभागले गत वर्ष माघ महिनासम्म चोरी पैठारी निकासी अभियोगमा दुई हजार पाँच सय जनालाई मुद्दा दर्ता गराएको थियो। यो वर्ष भने सात हजार चार सय जनालाई मुद्दा दर्ता गराएको छ।

    भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाका अनुसार चोरी हुन सक्ने वस्तुहरूको सूची तयार गरी हाल त्यसमा काम भइरहेको कुरो सार्वजनिक गरेका छन् ।उनले सूचीबद्ध गरेका विषयमा कतिपय भन्सार प्रक्रिया छलेर एउटा सामान भनेर अर्को लिएर पनि छली हुन सक्ने , कतिपय भन्सार खुला सीमाको लाभ उठाएर चोरी भएको हुन सक्ने , भन्सार प्रशासन स्थानीय व्यापारी तथा सरोकारवालाहरूसँग समेत छलफल गरेर छली भएका र हुन सक्ने सामानहरूको सूची तयार पार्ने विषय परेका छन् ।

    विगतका वर्षहरूमा १५ देखि २० प्रतिशतले बढ्दै आएको आयात व्यापार गत वर्षदेखि घट्दो क्रममा छ। चालु वर्षको माघ महिनासम्म आयात व्यापार २.३१ प्रतिशत घटेको छ।केही वस्तुहरूको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट खारेज गरिएको कारण समग्र भन्सार राजस्व बढे पनि आयात अस्वाभाविक घटेको अर्थका अधिकारीहरूको बुझाइ पनि  छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij