Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

नेपालबाट उडान गर्ने अधिकांश वायुसेवा कम्पनीले भ्याट तिरेका छैनन्  

नेपालबाट उडान गर्ने अधिकांश वायुसेवा कम्पनीले भ्याट तिरेका छैनन्  

  • काठमाडौं । नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरू मध्ये अधिकांशले सरकारलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर भ्याट तिरेका छैनन् ।४९ वायुसेवा कम्पनीहरू मध्ये २६ कम्पनीले सरकारलाई तिर्नुपर्ने भ्याट नतिरेका हुन् ।हवाई सेवा कम्पनीहरूले टिकटमा यात्रुहरूसँग भ्याट रकम जोडेर लिने गरेको भएपनि सो रकम सरकारलाई नबुझाइएको पाइएको हो ।अन्तरिक राजस्व विभागले जनाएअनुसार २२ वायुसेवा कम्पनीले मंसिरसम्मको भ्याट तिरिसकेका छन् । आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार भ्याट नतिरी उम्किन सकिने अवस्था छैन् । ढिलागरी तिर्दा जरिवानासमेत तिर्नुपर्ने छ । 

    विभागका अनुसार हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकाले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्छ । तर आन्तरिक उडानतर्फका ६ र अन्तर्राष्ट्रिय उडानतर्फका २० कम्पनीले भ्याट तिरेका छैनन् ।
    सन् २०२३ मा सात हजारसम्म यात्रु आवतजावत गराएको एयर डाइनास्टी हेली सर्भिसेज , आन्तरिकतर्फ चार हजार पाँच सय ७२ यात्रु ओसारपसार गरेको सिम्रिक एयरले पनि भ्याट तिरेको छैन । यसैगरी श्री हेलिकोप्टर, फिस्टेल एयर, मनाङ एयर र मुस्ताङ हेलिकोप्टरले पनि अहिलेसम्म भ्याट नतिरेको विभागको प्रतिवेदनमा छ ।

    भ्याट नतिर्ने अन्तर्राष्ट्रिय उडानतर्फका वायुसेवा कम्पनीहरूमा एयर अरेबिया, एयर अरेबिया अबुधाबी, एयर इन्डिया, श्रीलंकन एयरलाइन्स, विमान बंगलादेश, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न, क्याथवे प्यासिफिक एयरवेज, सिचुवान एयरलाइन्स, चाइना साउदर्न, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयर, कोरियन एयर, मालिन्दो एयर, तिब्बत एयरलाइन्स, थाई स्माइल एयरवेज, थाई लायन एयर र भिस्टारा एयर छन् ।  २० अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०२३ मा १० लाख २८ हजार ६५८ यात्रु नेपालबाट उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ ।

    सरकारी संयन्त्र आफैँले अग्रसरता देखाएर कर उठाउने प्रणालीको विकास हुन नसक्दा नयाँ कर कार्यान्वयन गर्न जटिल भएको राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यले जानकारी सार्वजनिक गरे । सरकारले आर्थिक ऐनमा व्यवस्था गरी भ्याट लागू गर्न खोजेपछि ट्राभल एजेन्टका छाता संगठनले सर्वाेच्च अदालतमा त्यस विरुद्ध रिट दायर गरेको थियो । तर भदौमा सर्वोच्च अदालतले भ्याट लगाउने बाटो खुलाइ दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij