Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

स्कूल बसको ठक्करबाट एकको मृत्यु हुँदा जनकपुरधाममा स्थिति तनावपूर्ण


नया सडक

२०८०, फागुन २० आइतबार

  • 1.3k
    Shares

  • स्कूल बसको ठक्करबाट एकको मृत्यु हुँदा जनकपुरधाममा स्थिति तनावपूर्ण

    काठमाडौं ।  जनकपुरधामको एक स्कूल बसले दिएको ठक्करबाट एक जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।सो घटनापछि  जनकपुरधाममा स्थिति  तनावपूर्ण बनेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एञ्जल्स बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ३५ वर्षीया राखी देवी यादवको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा  अन्य ६ जना घाइते भएका छन् । स्थानीयबासिन्दाले ठक्कर दिने बस जलाउने प्रयास गरेपछि प्रहरीसँग झडप भयो ।

    आक्रोशित स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरे । उग्रहुँदै गएको आक्रामक भीड तितरबितर पार्न प्रहरीले करिब आधा दर्जन अश्रुग्यास प्रहार गरेको प्रहरी र स्थानीयले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस