Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

भारतमा अक्टोबरमा भएको रेल दुर्घटनामा चालकको लापर्वाही : रेलमन्त्री

भारतमा अक्टोबरमा भएको रेल दुर्घटनामा चालकको लापर्वाही : रेलमन्त्री

  • नयाँदिल्ली । गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर  दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताउनुभएको छ । 

    गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध्र प्रदेशमा उक्त दुर्घटना भएको थियो । 

    रेलमन्त्री अश्विनी वैष्णवलाई उद्धृत गर्दै भारतीय समाचार संस्था ९पीटीआई० ले लेखेको छ, “आन्ध्र प्रदेशमा भएको पछिल्लो रेल दुर्घटना चालकहरूले क्रिकेट खेल हेर्दै गर्दा विचलित भएका कारण भएको हो ।”

    उहाँले भन्नुभयो, “अब भारतले कुनै पनि विचलन पत्ता लगाउन सक्ने प्रणालीहरू स्थापना गर्नेछ । नयाँ प्रविधिले चालकहरूलाई आफ्नो जिम्मेवारीबाट अन्यत्र ध्यान मोडेको खण्डमा उनीहरूको सवारीतर्फ ध्यान केन्द्रित गर्नेछ ।”

    क्रिकेटका लागि ‘क्रेजी’ भारतका करोडौं शुभचिन्तकहरूले अक्टोबरमा सम्पन्न विश्वकप खेलको प्रत्यक्ष प्रशारण हेरेका थिए । 

    हिन्दुस्तान टाइम्सका अनुसार गत महिना एक मालबाहक रेलले चालकबिना ७० किलोमिटर (४० माइल)यात्रा गरेको पुष्टि भएपछि अधिकारीहरूले स्टेशन मास्टर र अन्य तीन कर्मचारीलाई बर्खास्त गरेका थिए ।

    गत महिना करिब ५० वटा डब्बा भएको रेल करिब दुई घण्टासम्म चालकको नियन्त्रणविना नै गुडेपछि लापरबाही गरेको भन्दै उनीहरूलाई पदबाट हटाइएको थियो ।

    सन् १९८१ मा बिहार राज्यको एक पुल पार गर्ने क्रममा रेल दुर्घटना हुँदा ८०० जनाको मृत्यु भएको थियो ।

    सन् २०२३ को जुन महिनामा उडिसा राज्यमा तीन वटा रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

    हालैका वर्षहरूमा भारतले आधुनिक स्टेशनहरू र इलेक्ट्रोनिक सङ्केत प्रणालीहरूको जडान गरी नेटवर्क अदावधिक गर्न ठूलो रकम लगानी गरिरहेको छ ।एएफपी

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij