Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने


नया सडक

२०८०, फागुन २२ मंगलबार

  • 834
    Shares

  • व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने

    कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
     मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी गराउनु भएको हो । 
    पत्रकार सम्मेलनमा बोल्दै गुणवर्द्धनाले गाले हार्बर विकास आयोजनासँग सम्बन्धित पूर्वाधार विकास र मनोरञ्जन गतिविधिसँग सम्बन्धित पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा उपयुक्त लगानीकर्ता छनोट गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताउनु भएको छ ।
    श्रीलङ्काले गाले बन्दरगाहलाई १७ करोड ५० लाखदेखि २० करोड अमेरिकी डलरको लगानीमा दक्षिण एसियाको पूर्ण पर्यटकीय बन्दरगाह र मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस