Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता


नया सडक

२०८०, फागुन २३ बुधबार

  • 438
    Shares

  • करिब एक लाख अफगानी आप्रवासी स्वदेश फिर्ता

    काबुल । इरान, पाकिस्तान र टर्कीबाट एक महिनामा करिब एक लाख आप्रवासी त्यहाँ बस्ने विकल्पहरू नहुँदा अफगानिस्तान फर्केका छन् । 

    तालिबान नेतृत्वको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विदेशबाट फर्केका नागरिकको सङ्ख्या पुष्टि गर्दै सबैलाई पुनः स्थापनाका लागि सरकारले सहयोग गरेको जनाएको छ ।

    “जनवरी महिनामा पाकिस्तान, इरान र टर्कीबाट ९६ हजार ४९० अफगानी आप्रवासी स्वदेश फिर्ता भएका छन् । उनीहरूको व्यवस्थापनका लागि हामीसँग समितिहरू छन् । सीमामा उनीहरूलाई यात्रा भत्ता, खाना र गैर–खाद्य सहायता र जाडोका लुगाहरू दिई उनीहरूको गाउँ तथा शहरहरूमा जाने व्यवस्था गर्ने गरी क्षेत्रीय प्रशासनलाई जिम्मा लगाइने गरेको छ । 

    “प्रत्येक परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको छ,” शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका उपमन्त्री अब्दुल रहमान रसिदले भन्नुभयो । 

    साथै, स्वदेश फर्केका केही आप्रवासीले तालिबान सरकारसँग उनीहरूलाई रोजगारीको अवसर उपलब्ध गराउन अनुरोध गरिरहेका छन् । पायिन्दाले पाकिस्तानबाट आफ्नो सात सदस्यीय परिवारसँग स्वदेश फर्केपछि आप्रवासनका चुनौतीहरूबारे पायिन्दा थर बताउने अफगान नागरिकले भन्नुभयो, “तिनीहरूले हाम्रो पैसा लुट्थे । हामी हामी अफगानिस्तानबाट पाकिस्तान पुगेका थियौँ त्यसैले स्वतन्त्र रूपमा यात्रा गर्न वा स्वास्थ्य परीक्षणका लागि राम्रो चिकित्सकलाई भेट्न असमर्थ थियौं ।”

    उहाँले भन्नुभयो, “हालैका वर्षहरूमा शत्रुताका कारण लाखौं मानिसहरू देश ९अफगानिस्तान० छोड्न बाध्य भएका छन् ।” 

    विदेश रहँदाको अनुभव सुनाउँदै हालै इरानबाट स्वदेश फर्किएका नाजानिनले भन्नुभयो, “उनीहरूले पहिले मेरा श्रीमान्लाई लगे । पछि उहाँले फोन गरेर आफूलाई इरानी जेलमा राखिएको बताउनुभयो । चार दिनपछि म उहाँलाई भेट्न गएँ । इरानी प्रशासनले हामीलाई देश छोड्न चेतावनी दिएको रहेछ । श्रीमान्ले हामीलाई तीन दिनको समय दिनुहोस्, हामी यहाँबाट जान्छौं भन्नुभयो र स्वदेश फर्कियौँ ।”

    उहाँले थप्नुभयो, “तीन दिनपछि हामी स्वदेश फर्किएका छौँ । तर, यहाँ हाम्रो बास र खाने प्रबन्ध मिलाउन कठिन भइरहेको छ किनकि दुव्यवहार हुनसक्ने डरमा हामी आफ्नो जन्मस्थान पुग्न सकेका छैनौँ ।”
     
    “सरकारले रोजगारीको अवसर प्रदान गर्नुपर्छ ताकि कोही पनि फेरि इरान फर्कन नपरोस् र हामी सबैले आफ्नो मातृभूमिमा आफ्नो प्रगति गर्न सकौँ,” सोही समूहमा इरानबाट स्वदेश फिर्ता भएका खैरुदिनले टोलोन्यूजलाई बताउनुभयो । 

    विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले पाकिस्तानबाट जबर्जस्ती देश निकाला गरिएका अफगानी आप्रवासीहरूको दुर्दशाको बारेमा चिन्ता व्यक्त गरेको छ । उनीहरू अहिले केवल बाँच्नको लागि पैसा सापटी लिने र उधारोमा सामान किन्ने गरिरहेका छन् । 

    विकराल अवस्थालाई उजागर गर्दै डब्लुएफपीले अफगानी आप्रवासीहरू कुनै पनि सुविधा वा सहयोगबाट बञ्चित भएर बाँच्नका लागि ऋण लिनैपर्ने अवस्था रहेको सङ्गठनको वेबसाइटले देश निकाला गरिएका अधिकांश आप्रवासीहरू हाल अन्यौलको अवस्थामा रहेको कुरालाई जोड दिएको छ । 

    विश्व खाद्य कार्यक्रमले खाद्य सहायताको लागि एक महत्वपूर्ण आवश्यकतामाथि जोड दिँदै केही फर्केका आप्रवासीहरू अझै पनि भोकमरीसँग जुधिरहेका बताएको छ । अफगानिस्तानमा आप्रबासी समस्या र खाद्य सुरक्षा गम्भीर बनेको डब्ल्यूएफपीले जनाएको छ । 

    शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त ९यूएनएचसीआर० का अनुसार छिमेकी देशहरूबाट अफगान शरणार्थीहरूको निरन्तर फिर्ती बढ्दो मुद्रास्फीति र शरण दिइएका देशहरूमा रोजगारीका अवसरहरूको अभावसँग सम्बन्धित छ ।

     हाल इरान, टर्की र पाकिस्तानमा करिब ६० लाख अफगानी आप्रवासी रहेको बताइएको छ । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि हजारौं अफगानीहरू उत्पीडन र ज्यान मार्ने धम्कीको डरले अफगानिस्तानबाट भागेर छिमेकी देशहरुमा गएका थिए । यीमध्ये अधिकांश मानिसहरू अवैध च्यानलहरूमार्फत् ती मुलुकहरूमा प्रवेश गरेकोमा अहिले गम्भीर समस्याहरूको सामना गरिरहेका छन् । 
     

    प्रतिक्रिया दिनुहोस