Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 525
    Shares

  • भारतको शीर्ष निर्वाचन अधिकारीद्वारा राजीनामा

     

    नयाँदिल्ली । आम निर्वाचनको अपेक्षित घोषणा हुनुभन्दा केही दिनअघि भारतको निर्वाचन आयोगका दोस्रो उच्च श्रेणीका अधिकारीले राजीनामा दिएको न्याय मन्त्रालयले जनाएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको खोजी गर्नुहुनेछ । 

     

    मानव इतिहासमा लोकतान्त्रिक मताधिकारको सबैभन्दा ठूलो अभ्यास गर्नका लागि भारतको निर्वाचन आयोगलाई आफ्ना तीन शीर्ष अधिकारीमध्ये एकजनालाई मात्र छाडेर अरुण गोयलले शनिबार राजीनामा दिनुभएको छ । अप्रिल–मेमा हुने निर्वाचनमा करिब एक अर्ब मानिस मतदान गर्न योग्य छन् । 

     

    भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले गोयलको राजीनामा स्वीकृत गर्नुभएको कानून तथा न्याय मन्त्रालयले जनाएको छ । यद्यपि मन्त्रालयले उहाँले राजीनामा गरेको कारण भने बताएको छैन । एनडिटिभी समाचार नेटवर्कले स्रोतलाई उद्धृत गर्दै गोयलले ‘व्यक्तिगत कारण’ देखाई राजीनामा दिनुभएको उल्लेख गरेको छ । 

     

    निर्वाचन आयोगमा अर्का अधिकारी गत वर्ष सेवानिवृत्त भए पनि उक्त पदमा हालसम्म कसैलाई नियुक्त गरिएको छैन । स्थानीय सञ्चारमाध्यमले धेरै चरणमा हुने निर्वाचनको मितिको घोषणा आगामी साता गरिने सम्भावना रहेको बताएका छन् । 

     

    प्रमुख विपक्षी दल कांग्रेसका महासचिव के।सी। वेणुगोपालले गोयलको राजीनामा चिन्ताको विषय भएको बताउनुभयो । “निर्वाचन आयुक्त श्री अरुण गोयलले लोकसभा ९संसदीय० निर्वाचनको ठिकअघि राजीनामा दिनु विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको स्वास्थ्यका लागि अत्यन्त चिन्ताजनक हो”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले कसरी काम गरिरहेको छ र सरकारले कसरी उक्त संस्थामाथि दबाब दिएको छ भन्नेबारेमा कुनै पनि पारदर्शिता छैन ।”

     

    धेरै जनमत सर्वेक्षणले आम निर्वाचनमा मोदी र उहाँको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० ले सजिलै जित हासिल गर्ने सङ्केत गरेका छन् । गत वर्ष एक प्यु सर्वेक्षणमा करिब ८० प्रतिशत भारतीयले मोदीलाई सकारात्मकरूपमा हेरेको पाइएको थियो । 

     

    युगभले फेब्रुअरीमा सहरी मतदाताहरूमा गरेको सर्वेक्षणमा भाजपाले हरेक उमेर र लिङ्ग जनसाङ्ख्यिकीमा धेरै विपक्षी पार्टीमाथि सजिलै अगाडि बढिरहेको देखाएको थियो । 

    प्रतिक्रिया दिनुहोस