Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग


नया सडक

२०८०, फागुन २७ आइतबार

  • 558
    Shares

  • यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग

     

    काठमाडौँ ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ समक्ष माग गरेको छ ।

     

    महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।

     

    महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढङ्गले यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ ।

     

    मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

     

    आजै महासङ्घको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो । रासस

    प्रतिक्रिया दिनुहोस