इस्लामाबाद ।पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताउँनु भएको छ ।
घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उहाँले जानकारी दिनु भएको छ ।
मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताउँनु भएको छ ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ । सिन्ह्वा