Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

चिनियाँ उत्पादनमा मूल्य वृद्धि


नया सडक

२०८०, चैत १ बिहीबार

  • 498
    Shares

  • चिनियाँ उत्पादनमा मूल्य वृद्धि

    बेइजिङ । चीनको तथ्याङ्कीय अधिकारीहरूले अनुगमन गरेका अधिकांश पूँजीगत वस्तुमा फेब्रुअरीको अन्त्यको तुलनामा मार्चको सुरुमा उच्च मूल्य देखिएको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ ।

    स्टिल ट्युब, पेट्रोल, कोइला, मल र केही रसायनसहित नौ श्रेणीमा वर्गीकरण गरिएका ५० प्रमुख वस्तुमध्ये २७ वस्तुमा यस अवधिमा उच्च मूल्य देखिएको, २१ वस्तुको मूल्य घटेको र दुई उत्पादनको मूल्य यथावत् रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ ।

    यस अवधिमा सुँगुरको मासुको मूल्य ४.४ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । 

    हरेक १० दिनको अन्तरालमा सार्वजनिक हुने यो तथ्याङ्क देशभरका ३१ प्रान्तीयस्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता तथा वितरकको सर्वेक्षणमा आधारित छ ।सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस