Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

दक्षिणपूर्वी गाजामा इजरायली हमला हुँदा २१ जनाको मृत्यु

  • गाजा ।गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । 
     
    उक्त घटनामा १५० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

    प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन् । 

    घटनास्थलको अवस्था चुनौतिपूर्ण भएपनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

    घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।
     
    इजरायली प्रतिरक्षा बल ९आईडीएफ० ले शुक्रबार दक्षिणी गाजामा प्यालेस्टिनीहरूलाई लक्षित गरी आफ्नो सेनाले सशस्त्र कारबाही गरेको भन्ने समाचारको खण्डन गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij