Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अर्थमन्त्री परिवर्तन भए ,तर वीरगञ्ज भन्सार कार्यालयमा रोकिएन बेथिति र असुली 

प्रमुख भन्सार प्रशासक पन्थी ,भन्सार अधिकृत ढुंगाना र ओलीको मिलोमतो


२०८०, चैत ४ आइतबार

  • 1.6k
    Shares

  • अर्थमन्त्री परिवर्तन भए ,तर वीरगञ्ज भन्सार कार्यालयमा रोकिएन बेथिति र असुली 

    वीरगञ्ज / काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले आयातकर्ता व्यापारी तथा उद्योगीहरूलाई चरम दुःख दिइरहेको वीरगञ्जका  व्यापारीहरूले बताएका छन् ।
    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीकै निर्देशनमा प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना र  प्रमुख भन्सार अधिकृत केशवराज ओलीले व्यापारी तथा उद्योगीहरूलाई अनावश्यक दुःख दिने गरेको व्यापारीहरूले बताएका हुन् ।

    प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले औद्योगिक कच्चा पदार्थ ,उद्योग स्थापना गर्न आवश्यक  मेसिन र मेसिनरी सामानको आयात गर्दा समेत बिल बिजक भन्दा बाहेकको मौखिकरूपमा अतिरिक्त मूल्यांकन गरी उद्योगी /व्यापारीहरूलाई दुःख दिने गरेको परवानीपुर क्षेत्रका एक उद्योगीले नयाँ सडकलाई बताए ।प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले उद्योगी तथा व्यापारीहरूसँग अतिरिक्त रकम भन्सार एजेन्ट र  प्रमुख भन्सार अधिकृतहरू, अधिकृतहरू तथा बिचौलियाहरूबाट असुल्ने गरेको स्वयम् वीरगञ्ज भन्सार कार्यालयका एक अधिकृतले नयाँ सडकलाई बताए ।

    सेटिङमा आएका मालवस्तुहरू राजेन्द्र ढुंगाना र केशवराज ओली तथा प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी बस्ने र  छुटाउने गरेको स्वयम् वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारी बताउँछन् ।बिना सेटिङ आएका मालवस्तुहरूको बिल बिजक भन्दा बढी मौखिक मूल्यांकन गर्ने र व्यापारीहरूलाई सिधै तथा एजेन्ट मार्फत अतिरिक्त रकमको व्यवस्था गर्न दबाब दिने गरेको आयातकर्ताहरूको गुनासो रहेको छ ।

    समाचार स्रोतका अनुसार भन्सार प्रमुख प्रशासक पन्थीले भन्सार एजेन्ट , विभिन्न ट्रान्सपोर्ट कम्पनी तथा व्यापारीहरूको सेटिङमा यस्तो काम गर्ने गरेका  छन् । भन्सारकै एक कर्मचारीका अनुसार दैनिकरूपमा भन्सारकै कर्मचारीहरूलाई पन्थीले सरोकारवालाहरूसँग रकम असुल्न प्रोत्साहन गर्दै आएका छन् । दैनिकरूपमा सरकारी लेखा बाहिर उठाइएको अतिरिक्त रकम दैनिक र हप्तामा बाँडफाँट गरी वितरण गर्ने गरेको कर्मचारीहरूले नयाँ सडकलाई बताए ।

    वीरगञ्ज भन्सार कार्यालका प्रमुख भन्सार प्रशासक पन्थीले बिल बिजक भन्दा बढी मौखिकरूपमा उठाउन लगाइएको अतिरिक्त रकम भन्सार विभागदेखि अर्थमन्त्रालय र अर्थमन्त्रीसम्म पु¥याउन पर्ने भन्दै रकम असुल्ने गरेको त्यहाँका कर्मचारीहरू बताउँछन् ।  ती कर्मचारीहरूका अनुसार यसका लागि पन्थीले आफू अनुकूलको एक नेटवर्क बनाएका छन् । उदाहरणका लागि विभिन्न ट्रान्सपोर्ट कम्पनी तथा क्यारिङहरूले ल्याएको सामान सेटिङमा चेकजाँच  नै नगरी छुटाउने गरेको भन्सारकै एक कर्मचारीले बताएका छन् ।

    ट्रान्सपोर्ट र क्यारिङले ल्याएको सामान कतिपय अवस्थामा त एउटा सामानको बिल हुने र सामान अर्कै हुने , परिमाण पनि सोही अनुसार फरक हुने गरेको कर्मचारीहरू नै बताउँछन् ।प्रमुख भन्सार प्रशासक पन्थीले वीरगञ्ज भन्सार कार्यालय अन्तर्गतका छोटी भन्सार कार्यालयहरूबाट पनि अतिरिक्त रकम उठाउने गरेको स्रोतले बताएको छ ।

    पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत, सचिव तथा विभागीय प्रमुखको नाममा पन्थीले भन्सारमा अतिरिक्त रकम उठाउँदै आएकोमा अर्थमन्त्री परिवर्तन भएपछि रकम असुल्न छाडेका छैनन् । एक भन्सार एजेन्टका अनुसार वीरगञ्ज भन्सारमा प्रशासक पन्थीकै निर्देशनमा  मूल्यांकन प्रमुख ढुंगाना तथा अन्य कर्मचारीहरूले अतिरिक्त रकम उठाउने गरेकाछन् । यससम्बन्धमा प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना , प्रमुख भन्सार अधिकृत केशवराज ओली र प्रमुख भन्सार प्रशासक पन्थीसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

    सूचना अधिकारी प्रकाश सुवेदीलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस