Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ


नया सडक

२०८०, चैत ४ आइतबार

  • 507
    Shares

  • श्रीलङ्काको समुद्री इलाकाबाट २१ भारतीय मछुवा पक्राउ

    कोलम्बो ।श्रीलङ्काको जलसेनाले शनिबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका २१ जना भारतीय मछुवालाई पक्राउ गरेको छ । 

    उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको र उनीहरूले प्रयोग गरेका दुई वटा डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जफत गरिएका डुङ्गा र २१ मछुवालाई कान्केसानथुराई बन्दरगाहमा ल्याइएको र उनीहरूलाई कानुनी प्रक्रियाका लागि स्थानीय अधिकारीलाई सुम्पिने नौसेनाले जनाएको छ ।

    नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रमा १८ भारतीय डुङ्गा र १४६ भारतीय मछुवालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस