Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन बिजयी


नया सडक

२०८०, चैत ५ सोमबार

  • 606
    Shares

  • रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन बिजयी

    काठमाडौं । रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जितेका छन् । उनी पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

    रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५।०४ प्रतिशत मतगणनापछि ८७।३२ प्रतिशत मत प्राप्त गरेका हुन । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।

    मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताए । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको हो । अन्तिम परिणामहरू मार्च २८ भन्दा पछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिन भित्र घोषणा गरिनेछ।

    प्रतिक्रिया दिनुहोस