नैरोबी ।केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको विवरणमा भनिएको छ, “भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको खान थियो ।”
केन्याली रेड क्रसले घाइतेहरूलाई नजिकैको भोइ शहरको एक अस्पतालमा लगिएको जनाएको छ ।
पूर्वी अफ्रिकी राष्ट्र केन्यामा खराब सडक संरचना, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण हुने सडक दुर्घटनाका कारण बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।
राष्ट्रिय यातायात तथा सुरक्षा प्राधिकरणको तथ्याङ्कअनुसार केन्यामा सन् २०२३ मा सडक दुर्घटनामा परी चार हजार ३२४ जनाको मृत्यु भएको छ भने १८ हजार ५६१ जना घाइते भएका छन् ।
यद्यपि, सन् २०२४ जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो, को सुरुवात घातक थियो, जनवरी १ देखि फेब्रुअरी ११ को बीचमा ५३६ जनाको मृत्यु भएको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा पाँच प्रतिशतले बढी हो ।
फेब्रुअरी ११ मा भएको सडक दुर्घटनामा २४ वर्षीय विश्व म्याराथन कीर्तिमानधारी केल्भिन किप्टमको मृत्यु भएको थियो ।एएफपी