Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा चुनाव लाग्यो ,अध्यक्षमा तीन जनाको उम्मेदवारी

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा चुनाव लाग्यो ,अध्यक्षमा तीन जनाको उम्मेदवारी

  • काठमाडौं । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको एघारौँ अधिवेशन आउन केही दिन मात्रै बाँकी रहँदा अध्यक्ष पदका लागि चार आकांक्षी चर्चामा देखिएका छन्। उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक फोरमबाट अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन्। 

    बाह्रबिसे नगरपालिकाका तीन जना व्यापारी बुद्धराज बस्नेत, शम्भु तिमल्सिना, सुमन खत्री अध्यक्ष पदको उम्मेदवारी दिने भनिरहेका छन् भने  
    चैत ९ र १० गते हुने भनिएको उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदको दाबेदारी उनीहरूबाट भइआएको छ ।

    सिन्धुपाल्चोक उद्योग वाणिज्य  संघमा २९ सय सदस्य छन्। चारैजना मित्रराष्ट्र चीनबाट सामान आयात गर्छन्। संघको सल्लाहकार समितिमा सहसभापतिको भूमिकामा रहेका बुद्धराज बस्नेतले यो पटक कार्यकारी भूमिकामा आउने तयारी साथ चुनावी अभियान अगाडि बढाइरहेका छन् । चुनावी अभियानमा होमिएका बस्नेत उद्योगी व्यापारी माझ लोकप्रिय मानिन्छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij