Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

आज अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

आज अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

  • काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । बुधबार बैंकिङ समयसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी गराएको छ । अरुण भ्यालीले फागुन १७ गते बिहीबारदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

    कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त हकप्रद सेयरको लागि यसले माघ १५ गते बुक क्लोज गरिसकेको छ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij