Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

काठमाडौं महानगरपालिकाको नाममा काठमाडौं टावरको निर्माण नरोक्न  अन्तरिम आदेश जारी

काठमाडौं महानगरपालिकाको नाममा काठमाडौं टावरको निर्माण नरोक्न  अन्तरिम आदेश जारी

  • काठमाडाैं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण नरोक्न  अन्तरिम आदेश जारी  गरेको छ ।

    काठमाडौं महानगरपालिकाको टावरको निर्माण रोक्ने  निर्णय विरुद्ध स्वच्छन्द बिकोई बिल्डर्स उच्च अदालत पाटनमा  गरेको मुद्दामा  उच्च अदालत पाटनले  यस्तो आदेश दिएको हो ।   ९ माघ, २०८१ मा काठमाडौं महानगरपालिकाले पत्र पठाई काठमाडौं टावरको निर्माण रोक्न आदेश दिएको थियो ।

    न्यायाधीश प्रकाश खरेलको इजलासले काम नरोक्न अन्तरिम आदेश दिएको हो । उच्च अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण जारी राख्ने बाटो खुलेको छ ।

    उच्च अदालतले निर्माण कम्पनीले तला थप्न महानगरबाट  अनुमति  लिएको, नक्सा स्वीकृत भइसकेको र नक्सा स्वीकृति लिँदाको दस्तुर समेत तिरिसकेको भन्दै निर्माण नरोक्न आदेश दिएको हो । भवन निर्माणलाई निरन्तरता दिनु उचित हुने र त्यसमा ठेकेदारको वैध अपेक्षा पनि रहने भन्दै उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij