Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर

  • काठमाडौं । रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरिएको छ ।

    विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गरेको हो।

    अदालतले सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ग¥यो । 

    विशेष अदालतले आगामी १५ चैतमा उनीहरुमाथि हुने सजाय निर्धारण गरी विगो र जरिवाना समेत तोक्नेछ ।

    कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ विगो माग दावी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij