Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नयाँ वर्षदेखि ठमेल र दरबार मार्ग क्षेत्रको बजार २४सै घन्टा खुला गर्ने तयारी


नया सडक

२०८०, चैत ७ बुधबार

  • 936
    Shares

  • नयाँ वर्षदेखि ठमेल र दरबार मार्ग क्षेत्रको बजार २४सै घन्टा खुला गर्ने तयारी

    काठमाडौं ।काठमाडौंको ठमेल र दरबार मार्ग क्षेत्रको बजार २४सै घन्टा खुला गर्ने तयारी भइरहेको छ ।

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको हो ।

    सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य अगाडि बढेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले  जानकारी सार्वजनिक गरे अनुसार  आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ ।’

    ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
    हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस