Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त


नया सडक

२०८०, चैत ८ बिहीबार

  • 468
    Shares

  • भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

    हनोई । बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

    भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो । 

    भियतनामी राष्ट्रिय सभा (एनए) को असाधारण अधिवेशनमा उक्त निर्णय गरिएको भियतनामी समाचार एजेन्सीले जनाएको छ । 

    नयाँ राष्ट्रपति चयन नहुञ्जेलसम्म जुआनले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने राष्ट्रिय सभा स्थायी समितिले जनाएको छ ।

    बैठकले थुओङलाई सन् २०२१/२६ को राष्ट्रपति र राष्ट्रियसभाका १५औँ उपप्रमुखको कार्यकालबाट पनि पदमुक्त गरेको छ । 

    बुधबार भियतनामको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले थुओङको व्यक्तिगत अनुरोधमा उहाँको राजीनामा स्वीकृत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस