Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
अख्तियारले डामेकालाई वीरगञ्ज भन्सारको जिम्मा

अर्थमन्त्री ज्यू, वीरगञ्ज भन्सार कार्यालयको बेथिति र भ्रष्टाचार कहिले सम्म ?


२०८०, चैत ८ बिहीबार

  • 2.0k
    Shares

  • अर्थमन्त्री ज्यू, वीरगञ्ज भन्सार कार्यालयको बेथिति र भ्रष्टाचार कहिले सम्म ?

    वीरगञ्ज / काठमाडौं । मुलुककै सबै भन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा मौलाएको चरम बेथिति र भ्रष्टाचार  रोकिएको छ्रैन् । प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना , भन्सार अधिकृतहरू भरतराज अधिकारी, प्रकाश सुवेदीलगायतको मिलेमतोमा वीरगञ्ज भन्सार कार्यालयमा मौलाएको बेथिति र भ्रष्टाचार रोकिएको छैन् । नयाँ सडक डटकमले निरन्तररूपमा वीरगञ्ज भन्सार कार्यालयमा भइरहेको बेथिति र भ्रष्टाचारका बारेमा स्थलगत रिपोर्टिङ गरी समाचार सम्प्रेषण गर्दै आएको छ ।केही दिन अगाडिको प्रतिनिधिसभा बैठकमा समेत भन्सार कार्यालयमा भइरहको बेथिति र भ्रष्टाचारको विषयमा सांसदहरूले गम्भीर प्रश्न उठाए । सांसदहरूले त वीरगञ्ज भन्सार कार्यालयलगयायत अन्य भन्सार कार्यालयहरू भ्रष्टाचार र अनियमितताको अखाडा भएको औँल्याए ।  यसले पनि नयाँ सडक डटकमले निरन्तर उठाएको  विषयलाई पुष्टि गर्छ ।

    वीरगञ्ज भन्सार कार्यालयबाट औद्योगिक कच्चा पदार्थ, कोइला, सवारी साधन र त्यसका पार्टपुर्जाहरू, भटमासको तेल बनाउने कच्चा पदार्थ, सुर्ति, शृंगारका सामानहरू चकलेट, औषधि, पोलिथिन , विटुमिन, प्लास्टिकजन्य सामानहरू, खाद्यान्न, प्लास्टिक सिट, हार्डवेयरका सामानहरू, स्टिलवायर रड,विद्युतीय सामानहरू आदि आयात हुने गर्दछ ।

    प्रमुख प्रशासक डिलाराम पन्थी, प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगाना, भन्सार अधिकृतहरू भरतराज अधिकारी, प्रकाश सुवेदीलगायतको मिलेमतोमा भन्सारमा चरम बेथिति र भ्रष्टाचार भइरहेको छ । उनीहरूले आयातकर्ता व्यापारी तथा विभिन्न ट्रान्सपोर्ट कम्पनी र भन्सार एजेन्टहरूबाट सेटिङमा अतिरिक्त रकम उठाइरहेका छन् । वीरगञ्ज भन्सारकार्यालयका एक कर्मचारीका अनुसार मूल्यांकन शाखाका प्रमुख राजेन्द्र ढुंगानाले ट्रान्सपोर्ट कम्पनी, भन्सार एजेन्टलगायतसँग मिलेर सेटिङमा अतिरिक्त रकम असुली सामान छाड्ने गरेका छन् । उनले मिलेमतोमा सामान परिमाण , परिमाण अनुसारको मूल्यांकनमा चलखेल गरी दैनिक माटो रकम अतिरिक्त लिने गरेको सो कर्मचारीले बताए ।

    अख्तियारले डामेकालाई वीरगञ्ज भन्सारको जिम्मा

    पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले वीरगञ्ज भन्सार कार्यालयमा रहेका  प्रमुख भन्सार अधिकृत (राजेन्द्र ढुंगाना) विरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०७६/०९/१८ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेदेखि ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ र ४५ पैसा स्रोत नखुलेको र भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको  थियो । ढुंगानालाई विशेष अदालतले २०८० बैशाखा ८मा सफाई दिएको थियो । ढुंगानालाई विशेष अदालतले सफाई दिएपछि विशेष अदालतको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

    ४ करोड ६८ लाख ४८ हजार ५ सय ५६ रुपैयाँ र ४५ पैसा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार सर्वोच्च गएको हो । विशेष अदालतबाट सफाई पाएबित्तिकै पावरको चलखेल गरेर वीरगञ्ज भन्सार कार्यालय जस्तो महत्वपूर्ण भन्सार कार्यालयको प्रमुख भन्सार अधिकृतको जिम्मेवारी हत्याउन सफल ढुंगाना प्रमुख प्रशासक  पन्थीका विश्वास पात्र हुन् ।यससम्बन्धमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कुन कुन उद्योगी व्यापारीले भन्सारका कारण दुख पाए तिनलाई मेरा सामु हाजिर हुन लगाइ दिनुस भन्दै भन्सारले कसलाई दुख नदिएको र भन्सार मूल्यांकन पुस्तिका भन्दा बढी भन्सार नलिएको बताए ।

    यस सम्बन्धमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नयाँ सडकसँगको कुराकानीमा वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता भएको औपचारिकरूपमा आफूलाई जानकारी नभएको बताउँदै  यदि कोही कसैको मिलेमतोमा अनियमितता भएको रहेछ भने विभागले कारबाही  गर्ने बताए । पीडितहरूले नयाँ सडकसँग गुनासो गर्दै अर्थमन्त्रीलाई भने “ अर्थमन्त्री ज्यू, वीरगञ्ज भन्सार कार्यालयको बेथिति र भ्रष्टाचार कहिले सम्म अन्त्य हुन्छ ?”

    प्रतिक्रिया दिनुहोस