Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

 नेसनल लघुवित्तको साधारण सभा चैत १६ गते ,  लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने


नया सडक

२०८०, चैत ९ शुक्रबार

  • 495
    Shares

  •  नेसनल लघुवित्तको साधारण सभा चैत १६ गते ,  लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने

    काठमाडौं । नेसनल लघुवित्तको चैत १६ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ । साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस