Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

जीवन विकासको निःशुल्क ट्युसन सेन्टर, विपन्न परिवार लाई राहत 

जीवन विकासको निःशुल्क ट्युसन सेन्टर, विपन्न परिवार लाई राहत 

  • सिरहा। जीवन विकास लघुवित्त वित्तिय संस्थाले विपन्न परिवारहरुलाई लक्षित गर्दै सिरहाको लहान  नगरपालिका-१९ कटहामा निःशुल्क ट्यिुसन सेन्टर सञ्चालन गरेको छ । संस्थाको केन्द्रिय कार्यलय र सिरहा शाखाको समन्वयमा उक्त वार्डमा निःशुल्क ट्यिुसन सेन्टर संञ्चालनमा ल्याएको छ सिरहाको लहान नगरपालिका - १९ कटहा स्थित बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको जीवन विकास लघुवित्त सिरहाका प्रमुख कार्यकारी अधिकृत शिवचरण दासले बताए।प्रमुख दासले भने विद्यालयबाट आएपछि बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सिर्जना भएको छ।ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताको आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ।
    निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरु नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाइप्रति अभिभावकको चासो पनि तुलनात्मक रुपमा बढेको उनले बताए ।
    उक्त ट्युसन सेन्टरका शिक्षक रामभागत मण्डलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा लहान नगरपालिका -१९ का वडा अध्यक्ष कमरुदिन राईनको विशिष्ट आतिथ्यता तथा जीवन विकास लघुवित्त सिरहा प्रमुख शिवचरन दास लगायत बुद्धिजीवी , समाजसेवी , स्थानीय तथा विभिन्न मिडियामा काम गर्मे पत्रकारहरुको  उपस्थितिमा कार्यक्रम सप्पन्न भएको जीवन विकास लघुवित्त शाखा कार्यलय गाढाका इन्चार्ज अमोद कुमार मण्डलले जानकारी दिए।
    जीवन विकास लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका विद्यार्थीहरुलाई नि:शुल्क  ट्युसन सेन्टरको व्यवस्था गरेपछि राहत मिलेको स्थानीयले बताए ।
    कति परिवार छोरा/छोरी पढाउनकै लागि भएपनि सहर पस्ने गरेकोमा  विपन्न परिवार बाध्य भएर विद्यालय त पठाउँछन तर सरकारी विद्यालयको स्तर निकै कमजोर छ । घरमा कुनै न कुनै सदस्य शिक्षित भएको भए निकै सहज हुन्थ्यो । तर विपन्न परिवारको कुनै पनि पिढीले पढेका छैनन् ।
    उनीहरुको पेशा नै मजदुरी गर्ने हो । तर पछिल्लो समय समाज परिवर्तनले केही हद सम्म भएपनि यी मजदुरहरुको परिवारमा पनि बालबच्चा पढाउने चेतनाको भने बिकास भएको छ । तर बिधालयबाट आएपछि धुलो मैलो मडारिने बालबालिका आजभोलि भने पढ्न थालेका छन् । यसको कारण हो निःशुल्क ट्यिुसन सेन्टर । जीवन विकास लघुवित्त वित्तिय संस्थाले श्रमजीवी तथा  आर्थिक रुपमा विपन्न भएका घरपरिवारको लागि कसैको आवास बनाइदिने, पढ्न लेख्न सिकाउने, खेतबारीमा सहयोग गर्ने, कृषि उपजको बजारीकरण र ब्यापारीकरण लगायतका थुप्रै कामहरुमा सहयोग गर्दै आइरहेको छ । यस्तै विकास निमार्णका कामहरुलाई तिब्रता दिँदै संस्थाले विपन्न परिवारका छोरा–छोरीलाई ट्यिुसन पढाउने कामको पनि सुरुवात गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij