Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

राष्ट्रपति र सेनाको आह्वानपछि ‘जेनजी’ युवाको भर्चुअल छलफल, संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको प्रस्ताव

राष्ट्रपति र सेनाको आह्वानपछि ‘जेनजी’ युवाको भर्चुअल छलफल, संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मको प्रस्ताव

  •  

    काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेसँगै तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा भर्चुअल छलफलमा सहभागी भएका छन्। उनीहरूबीच आगामी वार्तामा कसले प्रतिनिधित्व गर्ने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे व्यापक बहस भइरहेको छ।

    डिस्कर्डमार्फत चलिरहेको छलफलमा सहभागी एक युवाका अनुसार, संसद् विघटन गरी आगामी ६ महिना देखि एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने माग अगाडि सारिएको छ। साथै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यकाल ४–५ वर्षमै सीमित गर्ने र एक व्यक्ति अधिकतम २ कार्यकाल वा ८–१० वर्षसम्म मात्र प्रधानमन्त्री हुन पाउने जस्ता सुझावहरू पनि प्रस्तुत भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij