Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाली प्लाइउडको भारत निकासी अवरोध हट्यो


नया सडक

२०८०, चैत ११ आइतबार

  • 654
    Shares

  • नेपाली प्लाइउडको भारत निकासी अवरोध हट्यो

    काठमाडौं । नेपाली प्लाइउडको भारत निकासीका लागि लगाइएको अवरोध हटेको छ ।भारतले गुणस्तर प्रमाण चिन्हको अनिवार्य व्यवस्था गरेपछि निकासी रोकिएको नेपाली प्लाइउडको अवरोध हटेको हो ।

    नेपाली प्लाइउडको निकासी भारतमा उत्साहजनकरूपमा बढेपछि भारतले यसमा अवरोध लगाएको थियो ।निर्यात अवरोध हटेपछि फेरि नेपाली प्लाइउडको भारत निकासीले फेरि निरन्तरता पायो ।

    नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहेपनि पश्चिमको नेपालगन्ज नाकाबाट भने प्लाइउड निकासी रोकिएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बीआइएस मापदण्डको लागि म्याद थप गर्ने निर्णय गरेबाट सो  अवरोध हटेको हो ।नेपाली उत्पादकहरूले यसलाई ठुलो राहतको रूपमा लिएका छन् ।
     
    भारत सरकारको निर्णयसगै नेपाल–भारत नाकापारि रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिन्ह् नाममा अवरोध सिर्जना गरेको थियो । पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगन्जबाट प्लाइउडको निकासी मार्च १ तारिख देखि रोकिएको थियो ।भारतले गुणस्तर प्रमाण चिन्हको अनिवार्य व्यवस्था गरेपछि  निर्यात  अवरोध उत्पन्न भएको थियो ।

    भारतसम्बद्ध उद्योग सञ्चालकका अनुसार, भारतको वन मन्त्रालयले आगामी ५ वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट प्लाइउड आयात गरेर त्यहाँको माग धानिरहेको छ । नेपालबाट गत वर्ष पौने ५ अर्बको प्लाइउड निकासी गरिएको थियो । यो वर्ष ८ अर्बको निकासी गर्ने लक्ष्य नेपाली उत्पादकहरूको छ । 

    प्रतिक्रिया दिनुहोस