Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

  •  जापान ।जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ । 

    उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना भाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गर्नुभएको हो । 

    लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गर्नुभएको छ । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको  आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ । 

    गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताउनुभएको थियो ।

    उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, “प्रधानमन्त्री किशिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ ।”

    उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने सङ्केत गर्नुभएको थियो । 

    उहाँले भन्नुभयो, “टोकियोको तर्फबाट ठोस नीतिगत परिवर्तन बिना, गलत बुझाइ र अविश्वासले भरिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न असम्भव रहेको उत्तर कोरिया–जापान सम्बन्धको इतिहासले पाठ सिकाएको छ ।” 

    उहाँले जापान अपहरणको मुद्दामा तल्लीन रहने हो भने किशिदाको सम्बन्ध सुधार्ने आशा पूरा नहुने बताउनुभयो । किशिदाले केसीएनएको प्रतिवेदनबारे आफूलाई कुनै जानकारी नभएको र त्यसको विषयवस्तुबारे प्रत्यक्ष टिप्पणी नगर्ने सोमबार बताउनुभएको तर उत्तर कोरियासँगको उच्चस्तरीय वार्तालाई ‘महत्वपूर्ण’ भन्नुभएको थियो । 

    सन् १९७० र १९८० को दशकमा भएका अपहरणका घटनालाई सङ्केत गर्दै किशिदाले संसद्मा भन्नुभयो, “जापान–उत्तर कोरिया सम्बन्धका लागि अपहरणको मुद्दाजस्ता समस्या समाधानका लागि उच्चस्तरीय वार्ता महत्वपूर्ण छ । यही कारण हामीले उत्तर कोरियासँग प्रत्यक्ष रूपमा पदीय हैसियत अनुसार विभिन्न दृष्टिकोण हरु बनाइरहेका छौं र यसबारे मैले विगतमा बिषयहरूलाई राखिसकेको छु । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij