Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

पाकिस्तानद्वारा दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्ने


नया सडक

२०८०, चैत १२ सोमबार

  • 414
    Shares

  • पाकिस्तानद्वारा दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्ने

    इस्लामाबाद । पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको पाकिस्तानी पत्रिका ‘डन’ ले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएको छ । 

    अफगान सिटिजन कार्ड (एसीसी) धारी शरणार्थीको प्रमाणीकरण द्रूत बनाउन जिल्ला प्रशासन र प्रहरीलार्ई निर्देशन जारी गरिएको एक अधिकारीले बताएका छन् । 

    अहिलेसम्म कुनै मिति भने घोषणा नगरिएको यद्यपि  अधिकारीले पाकिस्तानको संघीय सरकारबाट अनुमति प्राप्त भएपछि कागजात प्राप्त अफगानहरूलाई फिर्ता गर्ने अभियान गर्मी यामको सुरुदेखि मध्यसम्म सुरु हुनसक्ने ती अधिकारीले बताए । 

    डन पत्रिकासँग कुरा गर्दै खैबर पख्तुनख्वाका अतिरिक्त मुख्य सचिव आबिद मजीदले प्रमाणीकरण प्रक्रिया सुरु गरिसकेको बताउँदै रमजान पछि यसले गति लिने तथा अप्रिल ३० अघि सर्वेक्षण पूरा हुँने विश्वास ब्यक्त गर्नुृभयो । 

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त ९यूएनएचसीआर० का अनुसार अफगानिस्तानमा वैधरूपमा २१ लाख ८० हजार अफगान शरणार्थीहरू छन् । योमध्ये २००६र७ मा गरिएको जनगणना अनुसार १३ लाख शरणार्थीहरूको दर्ता प्रमाण ९पीओआर० कार्डहरू छन् भने थप ८८ हजार शरणार्थीहरूले २०१७ पछि नागरिकता पेश गरेका छन् । 

    अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानहरू सुरक्षाको खोजीमा पाकिस्तान आइपुगेका थिए । अधिकारीहरूका अनुसार पाकिस्तान पुगेका अफगानहरूको सङ्ख्या छदेखि आठ लाखको बीचमा थियो । योमध्ये केहीसँग वैध यात्रा कागजातहरू  रहेको जनाइएको छ । 

    यसअघि नोभेम्बरमा, पाकिस्तानले ‘कागजात विहीन विदेशीहरू’ भनेर वर्णन गरेको पहिलो चरणको स्वदेश फिर्ती सुरु गरेको थियो । पाकिस्तानी अधिकारीहरूले नोभेम्बर २०२३ देखि अनुमानित १७ लाख कागजात विहीन अफगानीमध्ये कतिजना पाकिस्तान छोडेर गएका छन् भन्नेबारेमा कुनै आधिकारिक तथ्याङ्क जारी गरेका छैनन् ।

    पाकिस्तानको स्वदेश फिर्ती अभियानको पहिलो चरणमा खैबर पख्तुनख्वा र बलुचिस्तान हुँदै अफगानिस्तान फर्केका कागजात विहीन अफगानहरूको कुल सङ्ख्या करिब पाँच लाख पुगेको डनले जनाएको छ । 

    आठ लााख ८० हजार नागरिकता धारी अफगानी शरणार्थीमध्ये कतिजना पाकिस्तानमा छन् वा तीमध्ये कतिजनाले स्वेच्छाले अफगानिस्तान फर्कने निर्णय गरेका छन् भन्ने थाहा छैन ।

    तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पहिले कागजात विहीन अफगानहरूको फिर्तीलाई ‘अस्वीकार्य’ भन्नु भएको थियो भने हाल पाकिस्तानबाट उदारताका साथ थप शरणार्थी स्वीकार गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस