Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

ठमेल  र दरबारमार्ग क्षेत्र २४ घन्टा खुलाउन स्थानीय निकाय र व्यवसायीबीच छलफल

ठमेल  र दरबारमार्ग क्षेत्र २४ घन्टा खुलाउन स्थानीय निकाय र व्यवसायीबीच छलफल

  • काठमाडौं । संघीय राजधानी काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे  स्थानीय निकाय र उद्योगी व्यवसायीबीच छलफल भएको छ ।
    सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसमेतको उपस्थितिमा उनीहरूबीच छलफल भएको हो ।


    उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएपछि  जिल्ला प्रशासन काठमाडौंले यो छलफल गरेको छ ।
    यस विषयमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ।

    व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नहुने गरी यस्तो तयारी गरिँदै गरिएको सहभागीहरूको भनाइ छ ।
    व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाइने भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij