Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बिहीबार सुनको मूल्य बढेर  प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ  कायम

बिहीबार सुनको मूल्य बढेर  प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ  कायम

  • काठमाडौँ । बिहीबार सुनको मूल्य बढेर  प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको हो ।  अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।

     बिहीबार सुनचाँदीको भाउ बढेको छ ।

    अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

    चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij