काठमाडौं । सरकारले यो वर्ष वसन्त मौसममा हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको छ ।
पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको हो । सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ ।
सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि अनुमति जारी भएको छ ।सोमबार कुल ४६ जनाले अनुमति लिएको छ ।
नेपालमा सामान्यतया जेठ पहिलो साताबाट बढी हिमाल आरोहण हुने गर्छ ।वसन्त मौसम सगरमाथा चढ्न मुख्य सिजन मानिन्छ । सोहीकारण यो समय
हिमाल आरोहण अनुमति बढी जारी हुने गर्छ ।
यो सिजनको आरोहण व्यवस्थित गर्न खुम्बु पासाङ ल्हामु गाउँपालिकाले समेत विभिन्न नियम बनाएको अनुसार हिमाल आरोहणमा जानेले दिसापिसाब फिर्ता ल्याउनुपर्ने पनि नियम छन् ।