Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 390
    Shares

  • श्रीलङ्काको केन्द्रीय बैङद्वारा ब्याज दर नियन्त्रण

    कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

    केन्द्रीय बैङ्कका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ ।  अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पु¥याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रिय बैङ्कले सोमबार यस्तो  निर्णय गरेको हो ।   

     यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैङ्कले जनाएको छ । 

    आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैङ्कले  अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । 

    केन्द्रिय बैङ्कको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ ।  बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलङ्काले सन्  २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस