Logo

May 15 2024 | २०८१, जेठ २गते

images

नेपालद्वारा आयरल्याण्ड ‘ए’सामु १९९ रनको लक्ष्य


नया सडक

२०८०, चैत १३ मंगलबार

  • 279
    Shares

  • नेपालद्वारा आयरल्याण्ड ‘ए’सामु १९९ रनको लक्ष्य

     

    images

    काठमाडौँ ।नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’सामु जितका लागि एक सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

     

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो । नेपालका लागि गुल्शन झाले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३२ बल खेल्ने क्रममा एक चौका र चार छक्का प्रहार गरे । 

     

    त्यसैगरी, कुशल मल्लले १३ बलमा एक चौका र चार छक्काको सहयोगमा ३४, कप्तान रोहितकुमार पौडेलले २४ बलमा पाँच चौकाको मद्दतमा ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आशिफ शेखले ११ रन बनाए ।

     

    बलिङतर्फ आयरल्याण्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एक एक विकेट लिए । आयरल्याण्ड ‘ए’ले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । उसले केहीबेर अघिसम्मको खेलमा सात ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । नेपालका कुशल मल्ल र सोमपाल कामीले एक एक विकेट लिएका छन् । रासस

     

    प्रतिक्रिया दिनुहोस